झापाको कचनकवलमा दशगजामा भारतीयले बाटो खन्न थाले, नेपालीको अवरोध
विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा नम्बर-१ घेराबारीमा भारतीय पक्षले दशगजामा बाटो खनेपछि विवाद उत्पन्न भएको छ ।दशगजामा बाटो खनेको भन्दै नेपाली स्थानीयले अवरोध गरेपछि विवाद उत्पन्न भएको हो । दुई देशबीचको सिमानाको १० गज खाली राख्नु पर्ने अन्तर्राष्ट्रिय नियम छ ।
दशगजा क्षेत्रमै भारतीय नागरिकले बाटो खन्न थालेपछि नेपाली नागरिकहरूले बाटो खन्न अवरोध गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

शनिबार दिउँसोबाट भारतीहरूले दशगजामा बाटो खनेकोमा स्थानीयले दिउँसै अवरोध गरेका थिए । दिउँसो नेपाली स्थानीयले अवरोध गरेपछि बन्द भएको बाटो खन्ने काम आइतबार बिहानको रातिबाट शुरु गरेको कचनकवल गाउँपालिका वडा नम्बर-१ का वडाध्यक्ष महावीर लिम्बुले बताए ।
उनका अनुसार घेरावारिमा १ सय ५० मिटर लामो बाटो दशगजामा भारतीयहरूले खनेका छन् ।
बाटो १६ फिट चौडाइको रहेको छ । यसअघि पनि सो क्षेत्रमा बाटो खन्ने विषयमा विवाद उत्पन्न भएको थियो । स्थानीयले अवरोध गरेपछि अहिले बाटो खन्ने काम रोकिएको छ ।
काम रोकिए पनि खनेको बाटो भने नपुरेको लिम्बुले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबिच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको बास्तोलाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झापाको कचनकवलमा दशगजामा भारतीयले बाटो खन्न थाले, #नेपालीको अवरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्