पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशीमा खस्यो
काठमाडौँ, भदौ ८ गते। पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार साँझ पौने ६ बजे सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो।
दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटबाट गोताखोल टोली घटनास्थलमा पुगेको छ। गाडीमा चार जना सवार थिए। एक जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ। उनले हामफालेर ज्यान बचाएको बताएका छन्। उद्धार गरिएका व्यक्ति सामान्य घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीको नम्बरसमेत खुल्न सकेको छैन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशीमा खस्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्