भदौ १५ अघि नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुने
काठमाडौं, ८ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक एनसेललाई लाइसेन्स नवीकरण शुल्क एकमुष्ट रूपमा भुक्तानी गर्न पत्र पठाएको छ । प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार बिहीबार पत्र पठाइएको जानकारी दिइएको छ ।
एनसेलको लाइसेन्स अवधि आगामी भदौ १५ गते समाप्त हुँदैछ । कम्पनीले एक साता भित्र १९ अर्ब रुपैयाँ नवीकरण शुल्क नतिरेमा कानुनअनुसार स्वतः खारेज हुने स्थिति रहेको छ ।
एनसेलले बाँकी रकम पाँच किस्तामा तिर्न पाउँ भनी प्राधिकरणमा निवेदन दिएको छ । तर प्राधिकरण प्रवक्ता सन्तोष पौडेलकाअनुसार किस्ताबन्दीमा शुल्क तिर्ने कानुनी व्यवस्था नभएकाले यो आग्रह स्वीकार गर्न नसकिएको हो ।
दूरसञ्चार नियमावलीअनुसार अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान छ । एनसेलले गत जेठमा २० अर्ब रुपैयाँमध्ये ४ अर्ब मात्र बुझाएको छ । समयमा शुल्क नबुझाएकाले थप करिब ३ अर्ब रुपैयाँ जरिवाना लागेको छ ।
प्राधिकरणले एनसेलको किस्ताबन्दीको मागबारे सरकारलाई जानकारी गराएको जनाएको छ । एनसेलले २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भदौ १५ अघि नवीकरण शुल्क नतिरे एनसेलको लाइसेन्स स्वतः खारेज हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्