नाति पुस्तालाई परम्परागत बाजा सिकाइँदै
भदौं ७ गते । बाँकेको खजुरा गाउँपालिका –४ एफगाउँका खेमबहादुर विक ११ बर्षको हुनुभयो । गाउँघरमा हुने विवाह पूजा, धार्मिक कार्यक्रम र अन्य कार्यक्रममा उहाँ आफ्ना हजुरबुवा तिलबहादुरसँगै बाजा बजाउन जानुहुन्छ ।
एफगाउँस्थित जनकल्याण माविमा कक्षा ६ मा अध्ययनरत खेम विद्यालय बन्द भएको दिनमा गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने गर्नुभएको छ । यसैगरी एफगाउँकै धनसिंह परियार बर्षौदेखि बाजा दमाह बजाउँदै आउनुभएको छ ।
पछिल्लो केही बर्षदेखि उहाँका नाति सुनिल परियार पनि उहाँको साथमा देखिनुहुन्छ । जनकल्याण माविमै कक्षा ७ मा अध्ययनरत सुनिल विद्यालय विदा भएको दिनमा हजुरबुवाको साथमा बाजा बजाउँदै कार्यक्रममा सहभागी हुने गरेको बताउनुभयो ।
हजुरबुवाहरुले बाजा बजाउँदा रमाइलो लागेर आफुहरु पनि विद्यालय बन्द भएको दिनमा सँगसँगै हिड्ने गरेको सुनिलको भनाइ छ । सुनिल भन्नुहुन्छ, ‘सुरुमा रमाइलोको लागि बाजा बजाउन थालेका थियौं, अहिले विद्यालय नभएको दिनमा अभिभावकले खोजेर ल्याउनुहुन्छ ।’
नाति पुस्तालाई दमाह र अन्य बाजा बजाउन सिकाइरहेका ज्येष्ठ नागरिक नाति पुस्तालाई भए पनि परम्परागत बाजाको पुस्तान्तरणका लागि योगदान गर्न सकेकोमा उत्साहित छन् ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाले परम्परागत कला, सँस्कृतिको संरक्षणका लागि बार्षिक बजेट बिनियोजन गरिरहेको बताउनुभयो । खजुरा गाउँपालिकाको ‘ई’ गाउँ, धौलागिरी, सितापुरलगायतका स्थानमा ज्येष्ठ नागरिकले परम्परागत सँस्कृतिलाई नयाँ पुस्तामाझ सिकाइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नाति पुस्तालाई परम्परागत बाजा सिकाइँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्