Techie IT
बुधबार, कात्तिक २६,२०८३

लगातार दुई दिन घट्यो सुनको मूल्य


काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लगातार दुई दिन घट्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्