बाढी घटे पनि विस्थापित सडकमै
भदौ ७ गते । कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् ।
हिजो मोहना, पथरैया, कान्द्रा, काँढा नदीमा आएको बाढीले सो पालिका जलमग्न भएको थियो । बाढीले १ देखि ९ वडासम्म डुबान गरेपछि चार हजार ३२७ परिवार प्रभावित भएका थिए । प्रभावितमध्ये ७५० परिवार विस्थापित भएर हुलाकी राजमार्ग र आफन्तको घरमा आश्रय लिएको जनाइएको छ ।
बाढी घटे पनि कतिपय विस्थापित अझै सडकमा बसिरहेको भजनी नगरपालिकाको विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णु न्यौपानेले बताउनुभयो । “बाढी घटे पनि घरभित्र हिलो छ । मान्छेहरु घरसम्म आउजाउ गरे पनि बस्न भने अन्यत्र गइरहेका छन्” उहाँले भन्नुभयो, “अब जनजीवन सामान्य बन्दैगएको छ ।”
जिल्लामा सबैभन्दा होचो भूभाग रहेको भजनी नगरपालिकामा हरेक वर्ष डुबान हुनेगरेको छ । गत वर्ष पनि पानी परेपछि थुप्रै पटक डुबान भएको थियो । यसैबिच, कैलारी गाउँपालिका –५ का विस्थापित घर फर्केका छन् । बाढी घटेपछि उनीहरु सुरक्षित स्थानबाट घर फर्केका कैलारी गाउँपालिकाका विपत् स्रोत व्यक्ति भुवन बखरियाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाढी घटे पनि विस्थापित सडकमै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्