Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकारबीच ४ बुँदे सहमति


काठमाडौं । कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषा र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ ।

सहमतिको पहिलो बुँदामा नयाँ कमला पुल निर्माण गरिने उल्लेख छ ।

यस्तै नयाँ पुल निर्माणका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ ।

यस्तै यहि मंसिर १ गतेभित्र पुल निर्माणको डीपीआरको तयारीका लागि बोलपत्र आह्वान गर्ने र पुल निर्माण संघर्ष समितिका सम्पूर्ण कार्यक्रम आजैबाट स्थगित गर्ने सहमित भएको छ ।
सहमति गर्न मुख्यमन्त्री सतिस कुमार यादव आफै पुगेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कमला पुल निर्माण संघर्ष समिति र मधेश सरकारबीच ४ बुँदे सहमति


तपाईको कमेन्ट लेख्नुहोस्