मगर साहित्य महोत्सवको तयारी
भदौ ७ गते । बुटवलमा पहिलो पटक मगर साहित्य महोत्सव हुने भएको छ । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।
नेपाल मगर महिला सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर तेस्रो साता महोत्सव गर्नेगरी तयारी थालिएको आयोजकले बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
महोत्सवमा मगर भाषा र साहित्यको प्रवर्धनसँग सम्बन्धित कार्यक्रमसहित नेपालका विभिन्न जिल्लामा रहेका मगरको इतिहासको खोजी, विभिन्न क्षेत्रमा विशिष्टता र उत्कृष्टता हासिल गरेका मगर समुदायका व्यक्तिलाई सम्मान लगायतका कार्यक्रम हुने महोत्सवका प्रवक्ता शङ्कर गाहाले बताउनुभयो ।
यस्तै, महोत्सवमा मातृभाषा कविता प्रतियोगिता अन्तर्गत खाम र काइकेमा लेखिएका कविता प्रतियोगिता, मगर समुदायले प्रयोग गरेका प्राचीन सामग्रीको प्रदर्शन, पुस्तक प्रदर्शनी, भेषभूषा र प्राचीन सामग्रीको प्रदर्शन, मौलिक नृत्यको प्रदर्शनी गरिने गाहाले जानकारी दिनुभयो ।
सोहीअनु्सार आदिकवि जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु साहित्य पुरस्कार वितरण, गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार वितरण, मगर भाषा, साहित्यबारे विद्वत् प्रवचन र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वसँग संवाद तथा बहस (प्यानल डिस्कसन) लगायतका कार्यक्रम हुने आयोजक संस्थाका यम रानाले बताउनुभयो ।
महोत्सवमा पूर्व डीआईजी पार्वती थापा, नायिका मिरुना मगर, निर्देशक नवीन सुब्बा, महाबीर पुन, सगरमाथा आरोही दुबै खुट्टा काटिएका हरि बुढामगर, मगर कलाकारहरु सहभागी हुने मगर महिला सङ्घ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउनुभयो ।
महोत्सव सम्पन्न गर्न एकसय एक जनाको मूल आयोेजक समिति गठन गरी तयारी थालिएको मगर महिला सङ्घ रुपन्देही अध्यक्ष निर्मला थापाले बताउनुभयो । पछिल्लो जनगणनाअनुसार नेपालमा २० लाख १३ हजारभन्दा बढी मगरको जनसङ्ख्या छ ।
करिब २० लाख खर्च अनुमान गरिको महोत्सवका स्वदेशबाट १० लाख र विदेशमा रहेका मगर समुदायबाट १० लाख सहयोग सङ्कलन गरिने थापाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मगर साहित्य महोत्सवको तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्