हेटौंडामा भारतीय ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते
हेटौंडा, ७ भदौ । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकमा सवारी दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको एनएल०१एल २९७१ नम्बर भारतीय एलपी ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा कार चालक स्याङ्जा अरुणचौपाही-१ बस्ने ३३ वर्षीय चुडाबहादुर विष्ट, कारमा सवार कास्की पोखरा महानगर-११ बस्ने ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङ बेसीसहर-८ बस्ने १७ वर्षीया नेहा राना मगर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारको लागि सन्चो अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
ग्यास बुलेटका चालक फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हेटौंडामा भारतीय ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्