इलाममा ऐतिहासिक जात्राको रौनक
इलाम, भदौ ६ गते । विभिन्न जातीय भेषभुषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज विहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् ।
जिल्लाको गाउ“–गाउ“बाट विहीबारे हाट भर्न बजार आउनेको घुइ“चो छ । पञ्चैवाजाको तालमा विभिन्न भेषमा सजिएका युवायुवतिको सामुहिक नाचले सदरमुकामको रौनक बेग्लै बनाएको छ । ठुलो संख्यामा वाहुसे रोपाहार, गोरु, हली अनि साथमा रोपाइँको अभिनय गर्ने महिलाको समूह प्रदर्शनमा उत्रेको छ ।
जनै पूर्णिमा अनि गाईजात्रापछिको विहिवारे हाटका दिनलाई इलामेहरुले हरेक वर्ष चाडका रुपमा मनाउ“छन् । नेवार समुदायले विशेषगरी मनाउने जात्रामा नेवार मात्र नभइ, ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ्ग, गुरुङ्ग, मगर आदि समुदायको पनि त्यत्तिकै सहभागीता रहन्छ ।
करिव सय बर्षदेखि पूर्वी पहाडको इलाम, पा“चथर, ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा यो जात्रा मनाइने गरेको इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा इतिहासकार युद्धप्रसाद वैद्यले बताउनुभयो । ‘यो जात्राको नेवारी समुदायमा मात्र नभइ अन्य समुदायमा पनि त्यत्तिकै महत्व छ ।

‘जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रालाई लिने गरिन्छ’ वैद्यले भन्नुभयो ‘यो पूर्वको महत्वपूर्ण र पूरानो संस्कृति हो ।’ नेपाल भाषा तथा संस्कृति समाज इलामले प्रत्येक वर्ष जात्राको आयोजना गर्दैआएको छ । समाजका ७०–८० जना कलाकारले रोपाइँको अभिनय गर्ने गर्छन् । जात्रामा विभिन्न किमिमबाट संकलित रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक संस्थाले जनाएको छ ।
जात्रा हेर्न इलाम लगायत, पा“चथर, झापा, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकबाट समेत आउने गरेको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इलाममा ऐतिहासिक जात्राको रौनक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्