कैदीबन्दीलाई रक्षा बन्धनको अवसर
तनहुँ, भदौ ३ गते । तनहुँ कारागारका कैदीबन्दीलाई रक्षा बन्धनको अवसर पाएका छन् । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले रक्षा बन्धन लगाइदिएको हो ।
दमौली शाखा सञ्चालिका बह्माकुमारी यमुनालगायतले सोमबार बिहान ९ बजेदेखि रक्षा बन्धन बाँधिरहनु भएको छ । कारागारका महिला र पुरुष दुवैलाई रक्षा बन्धन अवसर प्रदान गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले भन्नुभयो, ‘‘जनैपूर्णिमा मनाउन नपाएर खल्लो नहोस् भन्नका लागि इच्छुक सबैलाई रक्षा बन्धन अवसर प्रदान गरेका छौं ।’’ अधिकारीका अनुसार तनहुँ कारागारमा २७ महिला र बाँकी पुरुष गरी तीन सय २६ जना कैदीबन्दी रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैदीबन्दीलाई रक्षा बन्धनको अवसर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्