सोलुखुम्बुमा आएको बाढीको घटनाप्रति उर्जामन्त्री खड्का द्वारा दुःख व्यक्त
काठमाडौँ । सोलुखुम्बुमा आएको बाढीले पु¥याएको क्षतिको घटनाप्रति उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत मन्त्री खड्काले आज दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा आएको बाढीका कारण सोलुखुम्बुको विभिन्न वस्तीमा पु¥याएको क्षतिको घटनाले आफूलाई अत्यन्त दुःखीत बनाएको बताउनुभयो ।

उहाँले खुम्बु क्षेत्रमा जलवायु परिवर्तनका कारण एक्कासी हिमतालहरु फुट्दा भएको उक्त घटनाले नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर पुगेको उल्लेख गर्नुभएको छ ।
मन्त्री खड्काले उक्त घटनाका कारण खुम्बु क्षेत्रको आर्थिक गतिविधीमा समेत असर पु¥याएको बताउनुभयो । उहाँले यस दुःखद घडीमा संयमता अपनाउन आम सोलुखुम्बुबासीलाई अनुरोध गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जामन्त्री दिपक खड्का, #दुख ब्यक्त, #बाढी, #सोलुखुम्बु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्