बिस्तारै राम्रै मुनाफा दिने भएपछि बढ्यो बंगुरपालनतर्फ किसानको आकर्षण
जिल्लाका पशुपलक किसान बंगुरपालनतर्फ आकर्षित भएका छन्।
व्यावसायिक रूपमा बंगुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बंगुरबाट व्यावसायिक रूपमा सुरु गरेको बंगुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन भएको जानकारी दिए।
किसान सुवेदीले पालेका बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसम्म बिक्री हुन थालेपछि उनी उत्साहित छन्।
सबै खर्च कटाएर वार्षिक पाँच लाख आम्दानी हुने गरेको उनले बताए।
स्थानीय जातको बंगुरभन्दा उन्नत जातको बंगुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए।
उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बंगुर पालेका छन्।
स्थानीय जातका बंगुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बंगुर एक सयदेखि १८० किलोसम्म हुने गरेको छ।
सुवेदीले बंगुरपालन मात्र होइन, फलफूलखेती पनि गरेका छन्। उनका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट पाँच लाख आम्दानी गर्ने लक्ष्य उनले सुनाए।
स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन्।
यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बंगुरपालन सुरु गर्नुभएको छ । उहाँले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #बिस्तारै राम्रै मुनाफा दिने भएपछि बढ्यो बंगुरपालनतर्फ किसानको आकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्