पाँचखपनको भर्तिवालडाँडामा अस्थाई प्रहरी चौकी स्थापना
पाँचखपनको भर्तिवालडाँडामा अस्थाई प्रहरी चौकी स्थापना
खाँदबारी- संखुवासभाको पाँचखपन नगरपालिका–९ स्थित भर्तिवालडाँडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ग्रामिण भेगमा अपराध न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्न पोष्टको स्थापना गरिएको हो ।

प्रहरी पोष्ट गाउँमै स्थापना भएपछि पाँचखपन नगरपालिका वडा न ८ र ९ का स्थानीयलाई इलाका प्रहरी कार्यालय वाना जानुपर्ने बाध्यता हटेको छ । उक्त भर्तिवालडाँडा अस्थाई पोष्टको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले उद्घाटन गर्नुभयो ।
स्थानीयको माग र पाँचखपन नगरपालिकाको बिशेष पहलमा स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि कम गर्न पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो ।उक्त कार्यक्रममा बोल्नु हुँदै पाँचखपन नगरपालिका नगर प्रमुख बिपिन राईले निरन्तर प्रयास पछि स्थापना भएको नयाँ अस्थायी प्रहरी पोष्ट लगायत नगरपालिका क्षेत्र भित्र रहेका अन्य प्रहरी कार्यालयहरुलाई आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था पालिकाले गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

इलाका प्रहरी कार्यालय वानाबाट अन्दाजी २ घण्टा ३० मिनेट पैदल दुरीमा रहेको उक्त अस्थायी प्रहरी पोष्टमा तत्काल प्रहरी हवलदार बल बहादुर भुजेलको नेतृत्वमा ५ जनाको टोली रहने जनाइएको छ ।
—

तस्बिर: जिल्ला प्रहरी कार्यालय संखुवासभा
क्याटेगोरी : समाचार
ट्याग : #अस्थाई प्रहरी पोष्ट स्थापना, #जिल्ला प्रहरी कार्यालय संखुवासभा, #पाचखपन नगरपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्