पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजार ८२९ जनाले गराए राहदानी नवीकरण
काठमाडौँ, साउन २० गते । राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासद्वारा पोर्चुगलको राजधानी लिस्बनमा अगस्ट २ देखि १३ सम्म राहदानी नवीकरण घुम्ती सेवा आयोजना गरेको छ । घुम्ती सेवाबाट तीन हजार ८२९ जना नेपालीले आफ्नो राहदानी नवीकरणको सेवा लिएको दूतावासले विज्ञप्तिमा जानकारी दिएको हो ।
यसमा १२१ जना नाबालक, तीन हजार ३८० नवीकरण र हराएका ३२८ जना रहेका छन् । राहदानी सेवा सञ्चालनबाट चार लाख ९१ हजार ५८० युरो अर्थात् सात करोड २० लाख ११ हजार ५५४ नेपाली रुपियाँ बराबरको राजस्व सङ्कलन भएको दूतावासले जनाएको छ ।
घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारीको सहभागिता थिए । घुम्ती सेवाको व्यवस्थापन गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो भने पोर्चुगलस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले आआफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेका थिए ।
शिविरमा आएर आवेदन दिएका तथा हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रूपमा पेरिसमै आई आवेदन गरी तयार भएका तर बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणका लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरण गर्न छिट्टै अर्को शिविर सञ्चालन गरिने पनि दूतावासले जानकारी दिएको छ ।
पोर्चुगलमा हाल ५० हजारभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । तत्कालमा समस्याको रुपमा देखिएको कागज प्रमाणीकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास गम्भीर रहेको जनाइएको छ । यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजार ८२९ जनाले गराए राहदानी नवीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्