Techie IT
बुधबार, कात्तिक २६,२०८३

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर


घोराही (दाङ), साउन ३० गते । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताउनुभयो ।

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आमाको अवस्था गम्भीर, #सर्पले डस्दा बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्