जमिन चिरियेर खांदबारी रमितेका आठ घर पहिरोको उच्च जोखिममा
खांदबारी- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका- ५ रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र लगातार वर्षा भइरहेकाले पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुंगा रहेकाले पहिरोसँगै सो ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिरोका कारण दिनरात त्रास बाढेको गुनासो गर्दै स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने गुरुङले बताउनुभयो ।
कोसी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ। गाउँमाथिबाट ट्र्याक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएको माटो धस्सिएर पहिरोको खतरा बढेको रमितेका स्थानीयहरू बताउँछन्।

गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी- ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे र खाँदबारी- ४ का कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङ लगायत नगरका टोलीले स्थलगत अवलोकन गरेका छन् । पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिनुभयो ।

केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । बर्खाको समयमा सडक चिरा परी जमिन धस्सिनुका साथै ढुंगा पल्टिएर घरहरू किच्ने खतरा बढेको स्थानीय बताउँछन्। गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो ।

तस्बिर : सरोज श्रेष्ठ ( उपमेयर स्वकीय )
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनुगमन, #उपमेयर महेश्वरा बज्राचार्य, #खाँदबारी नगरपालिका, #पहिरो जोखिम, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्