जमिन चिरियेर खांदबारी रमितेका आठ घर पहिरोको उच्च जोखिममा

खांदबारी- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका- ५ रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र लगातार वर्षा भइरहेकाले पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुंगा रहेकाले पहिरोसँगै सो ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिरोका कारण दिनरात त्रास बाढेको गुनासो गर्दै स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने गुरुङले बताउनुभयो ।
कोसी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ। गाउँमाथिबाट ट्र्याक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएको माटो धस्सिएर पहिरोको खतरा बढेको रमितेका स्थानीयहरू बताउँछन्।

गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी- ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे र खाँदबारी- ४ का कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङ लगायत नगरका टोलीले स्थलगत अवलोकन गरेका छन् । पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिनुभयो ।

केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । बर्खाको समयमा सडक चिरा परी जमिन धस्सिनुका साथै ढुंगा पल्टिएर घरहरू किच्ने खतरा बढेको स्थानीय बताउँछन्। गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो ।



तस्बिर : सरोज श्रेष्ठ ( उपमेयर स्वकीय )
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनुगमन, #उपमेयर महेश्वरा बज्राचार्य, #खाँदबारी नगरपालिका, #पहिरो जोखिम, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्