खानेपानीको मूल्य वृद्धि फिर्ता
धरान, साउन २८ गते । धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महशुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महशुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।
धरानका १० राजनीतिक दलहरुसहित स्थानीयवासीले साउन ११ गतेबाट विरोध गर्दै आएका थिए । नगर प्रमुख हर्कराज राईले एक्लौटी रुपमा खानेपानीको महशुल दर नौ हजार नौसय प्रतिशतसम्म महसुल वृद्धि गरेको भनी आन्दोलित १० दलसँग नगर प्रमुख राईले बताउनुभयो । उहाँका अनुसार धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो ।
नगर प्रमुख हर्कराज राईले दलका प्रतिनिधिले राखेको तीन सुत्रीय मागमा सहमती गरी खानेपानी महशुलको पुरानो दर यथावत राख्ने निर्णय भएको बताउनुभयो । वार्तामा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ, ‘खानेपानी महशुल वृद्धिबारे खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महशुल यथावत राखी पुर्नविचार गर्ने निर्णय गरियो ।’
दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलको मागबारे उक्त बिषय उच्च अदालतमा विचाराधीन भएकाले अदालतको आदेश प्राप्त भएपछि सोहीअनुसार हुने निर्णय भएको छ ।
त्यसैगरी, तेस्रो बुँदामा खानेपानी बोर्डको आय–व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय पनि उक्त वार्तामा भएको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खानेपानीको मूल्य वृद्धि फिर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्