ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते
नारायणगढ, साउन २८ गते । पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राती २ः३५ बजेको समयमा राप्ती नगरपालिका वडा नम्बर ५ पम्पापुलस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
बसमा सवारमध्ये १० जना यात्रु घाइते छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते हुनेमा सप्तरी खड्क नगरपालिका २ बस्ने २३ वर्षीय हलेश्वर मण्डल, मोरङ सुनसरी नगरपालिका ४ बस्ने ४० वर्षीय मनरथ सार्की, लेटाङ नगरपालिका ५ बस्ने २४ वर्षीय धिरज न्यौपाने, सुनसरी कन्चनरुप न.पा.१ बस्ने ३८ वर्षीय सनतन चौरासीया, सप्तरी शम्भुनाथ गाउँपालिका १२ बस्ने २८ वर्षीय दयाराम मण्डल, गढि गाउँपालिका ५ बस्ने २० वर्षीय राजदेव साह, ईलाम देउमाई नगरपालिका ४ बस्ने ४० वर्षीय सोम राई, मोरङ रंगेली नगरपालिका२ बस्ने २५ वर्षीय मोहमद अजिम, सप्तरी सुरुंगा नगरपालिका ९ बस्ने २३ वर्षीय अरविन्द कुमार यादव र भारत दार्जलिङ बस्ने २४ वर्षीय आषिक भुजेल रहेका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्रक र बस एकआपसमा ठोक्किँदा १० घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्