नागरिकताभन्दा राहदानी लिने बढी
साउन २७ गते । गोरखामा नागरिकता लिनेभन्दा राहादानी बनाउनेको सङ्ख्या बढी रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० छ ।
आर्थिक वर्ष २०८०-०८१ मा गोरखाबाट ८ हजार ३ सय ५९ जनाले नागरिकता लिएकोमा ३ हजार ९ सय ३६ जना पुरुष छन् भने ४ हजार ४ सय २३ जना महिलाले नागरिकता लिएका छन् । सोही अवधिमा १२ हजार ४ सय २९ जनाले राहदानी लिएकोमा ७ हजार ४ सय ७९ पुरुष छन् भने ४ हजार ९ सय ५० जना महिलाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चूडानिधि तिवारीेले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक वर्षको अवधिमा वैवाहिक अङ्गीकृतको आधारमा ८ जनालाई नागरिकता वितरण गरिएको छ भने ५६ जनालाई गैरआवासीय नागकिरता वितरण तथा आमाको नामबाट १३ जनाको नागरिकता बनाइएको उहाँले बताउनुभयो ।
यसैगरी गोरखामा नागरिकता बनाउने प्रत्येक ब्यक्तिले नागरिकतासँगै राहदानी पनि बनाउने गरेकाले पनि राहदानी बनाउनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । अत्यधिक मात्रामा वैदेशिक रोजगारी र विदेश पढ्ने रहरले राहदानी बनाउनेको सङ्ख्या बढेको प्रशासकीय अधिकृत तिवारीको भनाइ छ ।
त्यस्तै गोरखामा ८ हजार १ सय ५ जनामा पुरुष ४ हजार ४ सय ३५ र ३ हजार ६ सय ७० जना महिलालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकताभन्दा राहदानी लिने बढी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्