पाठेघर फुटेर शिसुको मृत्यु भएपछि सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार
खाँदबारी – जिल्ला अस्पताल संखुवासभाबाट पाठेघर फुटेर गर्भमा भएको शिसुको मृत्यु भएपछि आईतबार एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द ५ की ३३ बर्षीया नानीमैैया मगरलाई राष्टपति हवाई उद्धार कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल संखुवासभाका डा प्रदिप श्रीवालका अनुसार आईतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तश्राब भएर उनको पाठेघर फुटेको थियो । पाठेघर फुटे लगत्तै गर्भमा रहेको कम्तिमा ४२ हप्ताको शिसुको मृत्यु भएको उहाँले बताउनुभयो ।
जिल्लामा उपचार संभव नभएपछि उनलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यबिधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो । उनलाई थप उपचारका लागि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पताल लगिएको छ ।

—-
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा, #सुत्केरी उद्दार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्