तनहुँमा तीव्र रुपमा फैलियो डेंगु सङ्क्रमण
तनहुँ, साउन २५ गते । तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । एक महिनाको अवधिमा जिल्लामा सात सय बढी डेंगुको सङ्क्रमणबाट बिरामी भएका छन् भने एकको मृत्यु भएको छ ।
यस आर्थिक वर्षमा सात सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको र एक जना बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
हालै व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार आँबुमा पाँच सय ५४ जनामा सङ्क्रमण भएको छ ।
शुक्लागण्डकी नगरपालिकामा एक सय पाँच जनामा, व्यास नगरपालिकामा ५७ जना, बन्दीपुर गाउँपालिकामा ३६ जना र भिमाद नगरपालिकामा दुई जनामा सङ्क्रमण भएको छ । अधिकारीका अनुसार जिल्लाभरिका सङ्क्रमित सात सय ५४ मध्ये पाँच सय ५४ जना सङ्क्रमित आँबुखैरेनी पालिकाभित्रका हुन् । भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका र घिरिङ गाउँपालिकामा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको अधिकारी बताउनुहुन्छ । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने अधिकारीले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका डेङ्गीबाट बढी प्रभावित भएको अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार डेंगु सङ्क्रमण न्यूनीकरणका लागि कार्यालयले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमसँगै ‘खोज र नष्ट’ अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा छुट्टै वार्ड
यसैबिच व्यापकरुपमा यहाँ डेंगु रोगको प्रकोपको फैलिँदै गएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी काइराला श्वासप्रश्वास उपचार केन्द्रमा छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।
केन्द्रको कोभिड अस्पताल भवनमा हाललाई १० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरी सूचारु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । साउन महिनामा मात्रै ९६ जना डेंगुका बिरामी आइसकेको र आउने क्रम बढी रहेकोले छुट्टै वार्डको स्थापना गरिएको डा.श्रेष्ठले बताउनुभयो ।
इमर्जेन्सीमा आउने डेंगुका बिरामीको चापमा अत्यधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले हालै वार्ड सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । डा.श्रेष्ठले भन्नुभयो, ‘‘डेंगुका बिरामी आउने क्रम बढेको छ हाल २४ जना भर्ना भएर बसेका छन् उपचारका लागि सहज होस् भनेर छुट्टै वाड सञ्चालन गरेका छौं ।’’
क्याटेगोरी : समाचार
ट्याग : #तनहुँमा तीव्र रुपमा फैलियो डेंगु सङ्क्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्