काभा वुमन्स नेसन्स लिग फाइनल आज,नेपाल र भारत भिड्दै
काठमाडौँ, साउन २३ गते । नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।
नेपालले बुधबार फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो ।
मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नुभयो । “इरानविरुद्ध उच्च मनोबलका साथ खेलेकाले सोझो सेटमा जित हासिल गर्न सफल भयौँ । फाइनलमा आजका खेलमा भएका गल्ती पनि सुधारेर खेल्ने छौँ,” उहाँले भन्नुभयो । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नुभयो ।
नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले इरानसँग सोझो सेटमा जित्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले इरानी टिमको कमजोरी केलाएका थियौँ । सोही अनुरूप रणनीति पनि बनायौँ । आज हामीले खेलाडीको स्थान परिवर्तन गरेर खेल्यौँ । भारतविरुद्धको फाइनलमा पनि रणनीति तयार पारेका छौँ, आशा छ हामी उपाधि जित्ने छौँ ।”
भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काभा वुमन्स नेसन्स लिग फाइनल आज, #नेपाल र भारत भिड्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्