हाडहाडेका चार सय घरमा खानेपानीका धारा
गुल्मी, साउन २० गते। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर – ३, हाडहाडेका करिब चार सय घरमा खानेपानीका धारा जडान गरिएको छ। यस वडामा सञ्चालन भएको ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाबाट व्यक्तिगत घरमा र सार्वजनिक संस्था गरेर कुल ३९२ वटा धारा जडान गरिएको हो।
आर्थिक वर्ष २०७६/०७७ मा निर्माण कार्य सुरु भएको खानेपानी आयोजना चार वर्षपछि सम्पन्न भएसँगै यहाँका ३८८ घरमा खानेपानी पुगेको छ।
सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायतका संस्थामा पनि यसै आयोजनाको पानी जडान गरिएको छ। आयोजना सम्पन्न भएसँगै हाडहाडेमा कुल ५५९ घरमा धारा पुगेको छ। यसै आर्थिक वर्षमा हाडहाडेलाई ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी आफू लागेको वडा अध्यक्ष पदमबहादुर विष्टले जानकारी दिनुभयो।
आयोजनाको दीगो सञ्चालनको लागि उपभोक्ताहरुलाई आग्रह गर्नुहुँदै गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पुरा गर्न थालेको बताउनुभयो।
चार करोड लागतमा यस ठुलामुल लिफ्टिङ खानेपानी आयोजनाको सम्पन्न भएको हो। गाउँपालिकाले वडा नम्बर –१ नयाँगाउँ, वडा नम्बर –४ जैसिथोक र वडा नम्बर –६ रजस्थल गरी तीन वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #हाडहाडेका चार सय घरमा खानेपानीका धारा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्