निर्माण सुरु भएको २५ वर्षपछि खानेपानी योजना सञ्चालनमा
ढल्केबर, साउन २१ गते । निर्माण सुरु भएको २५ वर्षपछि धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ । २०५६ सालमा सरकारको लगानीमा सुरु भएको सो खानेपानी योजना सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।
तत्कालनी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र योजना सम्पन्न गर्नेे लक्ष्यसहित काम सुरु गरेको थियो । यस अवधिमा योजनाको चार वटा उपभोक्ता समिति परिवर्तन भइसकेको छ ।
धनुषाधाम नगरपालिका–४, का वडाध्यक्ष मनोज यादवलले ढिलै भए पनि खानेपानी योजना सञ्चालनमा आएपछि खुसी लागेको बताउनुभयो । योजना सञ्चालनमा ल्याउन आफूले पनि निकै दौडधुप गरेको बताउँदै उहाँले वर्तमान उपभोक्ता समितिका पदाधिकारीलाई धन्यावाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “यत्रो वर्ष किन सञ्चालनमा आएन त्यतातिर नजाऔं । यसको दोष म कसैलाई दिन चाहन्न । जनताले शुद्ध पानी पाउने भए त्यसमै खुशी छु ।” यहाँको पानी चापाकल, इनार र कुवाभन्दा शुद्ध हुने हुँदा धाराको पानी अधिकतम उपभोगमा ल्याउन स्थानीयलाई वडाध्यक्ष यादवले आग्रह गर्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका वर्तमान अध्यक्ष विजय यादवले निकै प्रयासपछि खानेपानी योजना सञ्चालन सफल भएको बताउनुभयो । योजना सञ्चालनमा आएपछि यहाँका लक्ष्मीपुर, सर्सा, केशरकुट्टी र चिरैयालगायतका गाउँ गरी सात सय घुरधुरी यस योजनाबाट लाभान्वित हुने जानकारी दिनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “पहिला पानीको समस्या भएको बस्तीमा पानी पु¥याउछौँ । अहिलेसम्म करिब तीन किलो मिटरमा मुख्य पाइपलान बिस्तार गरिएको छ । आवश्यकता अनुसार थप पाइपलाइन विस्तार गर्ने योजना छ ।” वर्षौँदेखि दूषित पानी खान बाध्य यहाँका जनता अबदेखि स्वच्छ खानेपानी उपयोग गर्न पाउने उहाँले बताउनुभयो । अध्यक्ष यादवले अहिलेसम्म परीक्षणको रुपमा १० घरमा निजी धारा जडान गरिएको बताउँदै अबदेखि धमाधम घरमा धारा जडान गर्ने जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी वितरणका लागि एक लाख २५ हजार लिटर क्षमताको ओभरहेड टयाङ्की र एउटा डिप बोरिङ् निर्माण गरिदिएको छ । त्यसलगायत कार्यालय भवन, कर्मचारी बस्ने घर निर्माण गरेको छ ।
खानेपानी योजना सञ्चालन भएपछि स्थानीयबासी निकै खुसी देखिएका छन् । स्थानीयबासी एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका धनुषाका दीपक यादवले पूर्व उपभोक्ता समितिका पदाधिकारीको ढिलासुस्ती र समयमा प्रार्यप्त बजेट उपलब्ध नहुँदा योजना सम्पन्न हुन यतिको लामो सयम लागेको बताउनुभयो । कुनै पनि योजना समयमा सक्न योजना निर्माण समिति सक्रिय भएर लाग्नुपर्ने सरकारले पनि प्रार्याप्त बजेट विनियोज गर्नुपर्ने जानकारी दिनुभयो ।

संयोजक यादवले भन्नुभयो, “योजना ढिलो गरी सञ्चालन हुनुमा समिति र सरकार दुवैलाई दोषी देख्छु । नेपाल सरकारले यही खानेपानीमा प्रत्येक वर्ष १० लाख २० लाख रुपियाँ पठाएकाे हुन्छ । त्यो पैसाले कुनै काम गर्न पुग्दैन । त्यसैले सरकारले एक वर्षमा कुनै काम सम्पन्न हुने गरी बजेट छुट्टयाउनुपर्छ र समितिले पनि सरकारले पठाएको पैसालाई सदुपयोग गरेर समयमा काम गरिदिनुपर्छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्माण सुरु भएको २५ वर्षपछि खानेपानी योजना सञ्चालनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्