प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण
काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ ।
प्रधानमन्त्री ओली मङ्गलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्रयाकको निरीक्षणमा जानुभएको हो । फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालका अनुसार प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीव्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्