सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहोर्याउनु भएको छ । सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने रहेको स्मरण गराउनुभयो ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ ।
‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रंगशाला बनाउनु पर्यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्कालगायतका साथीहरूसँग बालुवाटारमा ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्