यी हुन् एमालेका जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
जसमा पोलिटब्यूरो सदस्य देवीप्रसाद ज्ञवालीलाई चितवन जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ भने काडमाडौंको जिम्मेवारी आनन्दप्रसाद पोखरेललाई तोकेको छ ।
पोलिटब्यूरो सदस्य नै गोकुलप्रसाद बास्कोटालाई काभ्रेपलाञ्चोक, भक्तपुरमा महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, बिशाल भट्टराईलाई खोटाङ, गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सुर्य थापालाई प्यूठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
अन्य पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यलाई पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी तोकिएको छ ।
यस्तो सूचीः




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यी हुन् एमालेका जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज (सूचीसहित)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्