२१ वर्षपछि थिमि ताहनानीमा भैरब नाच
भक्तपुर, साउन १५ गते । मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवम् धार्मिक महत्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।
गुरु पूर्णिमादेखि प्याँख अर्थात नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरब) एक, ज्यापुंगः एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एक जना गरी कूल पाँच जना देवीदेवता रहन्छ । अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी (कुमारी), साहिल प्रजापतिले लिपा दाँगी (महालक्ष्मी) र ज्यापुंगचा (हरिसिद्धि) मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी दिनुभयो ।
थिमिका जीवित साँस्कृतिक धरोहर साँस्कृतिक र परम्परागत प्याखँ एवम् वाद्य बादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरु कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहनु भएको छ । त्यसैगरी बाद्यबादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरु करिब तीन दर्जनको सङ्ख्यामा रहेका छन् । यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताउनुभयो ।
किंबदन्तीअनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्याधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभइ दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले । त्यसपछि राजाले तान्त्रिक, विद्वान, नामुद शास्त्रज्ञहरुसँग छलफल गरी मानिसमा तान्त्रिकरुपमा भैरवनाथ जगाइ टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात् भैरब नाच सञ्चालनमा आएको बताइन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२१ वर्षपछि थिमि ताहनानीमा भैरब नाच, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्