लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न उर्जामन्त्री खड्काको निर्देशन
काठमाडौँ, १५ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित ‘वृक्षारोपण कार्यक्रम’मा बोल्दै उनले सरकारले राखेको लक्ष्य समयअगावै पुरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
“१० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ, १० वर्षभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्नुहोस्,”– मन्त्री खड्काले भने ।
उर्जामन्त्री खड्काले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्य र उदेश्यलाई परिपूर्ती गर्नका लागि उच्च मनोवलका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय नेपालको विद्युत भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाई थियो ।
उनले नेपालको उर्जा क्षेत्रमा विभिन्न देशले लगानी गर्न ईच्छुक रहेपनि कानूनी झण्झटका कारण लगानी गर्न समस्या भइरहेको भन्दै उक्त अफ्ठयारोलाई फुकाउनका लागि आवश्यक पर्ने ऐन, कानून संशोधनका लागि मन्त्रालयलले काम गर्ने बताए ।
मन्त्री खड्काले विभिन्न देशले उर्जा क्षेत्रमा गरेको प्रगतीलाई हेरेर नेपालले समेत आफ्नो देशलाई प्रगतीको पथमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । उनले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेकाले यो सरकारलाई अल्मलिने छुट नरहेको उल्लेख गरे ।
उनले जलविद्युत परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्नका लागि वृक्षारोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले रुख काट्नेमात्र होइन रोप्ने पनि हो भन्ने सन्देश दिन स्थापना दिवसका अवसरमा हरेक वर्ष वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको बताए ।
उनले प्रत्येक वर्ष प्राधिकरणको वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षारोपण गर्दै आएको जानकारी गराए ।
प्राधिकरणका उप–कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले जलविद्युत आयोजना निर्माण र प्रसारण लाईन विस्तारका क्रममा प्राधिकरणले सहमति लिएरै रुखहरु काट्ने गरेपनि त्यत्तिकै मात्रामा रुखहरु पनि रोप्दै गएको बताए ।
सोही अवसरमा उर्जामन्त्री खड्का, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातीका विरुवा रोेपेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जामन्त्री दिपक खड्का, #उर्जामन्त्री निर्देशन, #नेपाल विद्युत प्राधिकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्