ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए। उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
‘युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु’, मन्त्री खड्काले भने। ऊर्जा क्षेत्रको विकासमा भएका कानुनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो।
भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए। आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : ## काठमाडौं, #breaking, #अमेरिकी राजदुत, #अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता, #उर्जा मन्त्रालय, #उर्जामन्त्री दिपक खड्का, #भेटबार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्