नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको भिड
उर्लाबारी, साउन १३ गते । मोरङको उर्लाबारी –२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनुभयो ।
जसमध्ये १७५ जनाले बाह्य कार्यालयबाट सिफारिस भएर उर्लाबारी कार्यालयमार्फत राहदानी लिएका हुन् । कार्यालयबाट नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या बढी देखिएको छ । सोही अवधिमा ७ हजार ९२ जनाले नागरिकता लिएका थिए ।
आर्थिक वर्ष २०७९–८० मा ४ हजार ४८९ जना महिला र ६ हजार ४९६ जना पुरुष गरी कुल १० हजार ९८५ जनाले राहदानी लिएका छन् । कार्यालयले सोही अवधिमा ९ हजार ५०२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८–७९ मा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट १ हजार ५९ महिला र १ हजार ५९९ जना पुरुष गरी कुल २ हजार ६५८ जनाले राहदानी लिएका थिए ।
कार्यालयबाट आर्थिक वर्ष २०८०–८१ मा १७ हजार ७४० जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ हजार ७६ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका थिए । कार्यालयबाट बैबाहिक अङ्गीकृत नागरिता लिनेको सङ्ख्या पनि बढेको छ ।
कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७८–७९ मा २८ जनाले नागरिकता लिएका थिए । आर्थिक वर्ष २०७९–८० मा ५६ जनाले र आव २०८०–८१ मा ६६ जनाले नागरिकता लिएका छन् ।
राहदानी बनाउनुअघि अनिवार्य राष्ट्रिय परिचयपत्रको फारम भर्नुपर्ने भएपछि इलाका प्रशासन कार्यालय उर्लाबारीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको भिड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्