पहिरोमा पुरिएका ५ को खोजीकार्य जारी
सुलीकोट, साउन १३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा एकै घरका ३ जनासहित पहिरोमा पुरिएर ५ जना बेपत्ताको खोजीकार्य जारी रहेको छ ।
रेसेगाउँमा जीतबहादुर गुरुङको कृषि फार्मनजिक रहेको घरमा पहिरो गएपछि त्यसमा पुरिएर आइतबार बिहान ३ बजे ५ जना बेपत्ता हुनुभएको थियो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधिसहित जेसिबीको सहायतामा ७ घण्टादेखि बेपत्ताको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पहिरोमा परी बेपत्ता हुनेहरूमा घरधनी ३७ वर्षीय जीतबहादुर गुरुङ, उहाँका श्रीमती ३५ बर्षीया कान्छीमायाँ गुरुङ, जीतबहादुर गुरुङका बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही वडाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियारको खोजी कार्य भइरहेको छ ।
पहिरोमा परी बेपत्ता भएकाहरू जेसिबी प्रयोग गर्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परी जीतबहादुर गुरुङको कृषि फर्ममा भएका बाख्रा, हाँस बङ्गुर र घर समेत बगाएको छ ।
पहिरोमा पुरिएर घाइते भएका सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र फार्ममा कामदारको रूपमा काम गर्दै आउनुभएका खमबहादुर गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरोमा पुरिएका ५ को खोजीकार्य जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्