खाँदबारीका नेवार युवायुवतीलाई नेवा: संस्कृति सम्बन्धी २५ दिने प्रशिक्षण
खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजा तालिम
खांदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ । नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो ।

नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीका लागि आयोजना गरिएको प्रशिक्षण शनिबार सम्पन्न भएको नेवाः मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यले बताइन ।

नेवारी संस्कृतिमा हरेक कामको सुरुआत गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँढीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको उनले जानकारी दिइन। ‘पुरानो पुस्ताले नेवारी संस्कृति र सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न प्रशिक्षण आयोजना गरिएको हो । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने हाम्रो योजना छ’, अध्यक्ष शाक्यले भनिन।

प्रशिक्षणमा १२ देखि २५ वर्ष उमेर समूहका नेवार समुदायका युवायुवतीलाई सहभागी गराइएको थियो । धिमे नेवार समुदायमा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाइन्छ ।

क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #धिमेबाजा, #नेवा: मिसा दबु, #नेवार संस्कृति, #प्रशिक्षण कार्यक्रम, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्