सञ्चार क्षेत्रको विकास हुनेगरी पहल गर्छु : मन्त्री गुरुङ
काठमाडौं, साउन ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेकाले सोअनुसार काम हुने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा आज उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री गुरुङले राज्यको निकायमा सबै वर्ग र समुदायको सही प्रतिनिधित्वले मात्र सुशासन कायम हुने बताउनुभयो । सरकारले आफ्नो सुरुवाती दिनदेखि सो क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको उहाँको भनाइ छ ।

नेपाली सञ्चार क्षेत्रको समस्या र समाधान गर्नुपर्ने विषयबारे आफू अध्ययन गरिरहेको बताउनुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “समस्या नपार्नेगरी सन्तुलित ढङ्गले काम गर्ने प्रयास गर्नेछु, सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने कोसिस गर्छु ।”
सार्वजनिक निकायहरुमा दुई जना पदाधिकारी राख्ने प्रवृत्तिले आपसी द्वन्द्व बढेर निकायहरु समस्यामा पर्नेगरेको चर्चा गर्नुहुँदै उहाँले त्यसको निरुपणको प्रयास गरिने बताउनुभयो । सरकारी सञ्चार माध्यममा त्यही समस्या आफूले देखेको बताउँदै मन्त्री गुरुङले सबै सरकारी सञ्चार माध्यमले आफूलाई अब्बल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
सो अवसरमा फोनिजका अध्यक्ष गजुरधन राईले सञ्चार क्षेत्रको व्यवस्थापन र नियमनका लागि बन्ने मिडिया नीति तथा ऐन समावेशी चरित्रको बन्नुपर्ने सुझाव दिनुभयो । मिडिया क्षेत्र समावेशी नहुँदा नेपाली सञ्चार क्षेत्र फष्टाउन नसकेको उहाँले बताउनुभयो ।

सो अवसरमा फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, कार्यवाहक महासचिव समीर बलामी लगायतले मन्त्री गुरुङलाई नेपाली सञ्चार क्षेत्रको चुनौती र गर्नुपर्ने विषयमा सुझाव दिनुभएको थियो । सो अवसरमा फोनिजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सञ्चार क्षेत्रको विकास हुनेगरी पहल गर्छु : मन्त्री गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्