छोराको जन्मदिनमा अविनासले दिए यान्दाका ३० विद्यार्थीलाई झोला
ओखलढुंगा । ओखलढुंगाको मोलुङका अविनास तामाङले आफ्नो छोराको जन्मदिनमा विद्यार्थीलाई झोला वितरण गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ निवासी तामाङले छोरा अश्विन तामाङ तीन बर्ष लागेको अवसरमा सहिद पेशल आधाभूत विद्यालय यान्दाका ३० जना विद्यार्थीलाई मंगलबार झोला वितरण गरेका हुन् ।
बच्चाको जन्मदिन फजुल खर्च गरेर मनाउनुभन्दा स–साना बालालिकालाई कापी–किताब बोक्न सहज होस भनेर झोला वितरण गरेको उनले बताए। आमामी दुई बर्षसम्म यसैगरि जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने उनको भनाई छ ।
जन्मदिन मनाउदा हुने फजुल खर्चलाई शिक्षा क्षेत्रमा आफुले लगानी गर्ने योजना अनुसार विद्यार्थीहरुलाई सहयोग गरेको तामाङले बताएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #ओखलढुंगा, #भिजनसमाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्