Techie IT
मंगलबार, कात्तिक २५,२०८३

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाबारे लिनुभयो ब्रिफिङ


काठमाडौं, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्धारबारे समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवार जनमा समवेदना व्यक्त गर्नुभयो । घाइते क्याप्टेनको स्वास्थ लाभको कामना उहाँले गर्नुभयो ।

यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ ।

घटना  कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी कसरी भयो भन्नेबारेमा अध्ययन गरिने उहाँले बताउनुभयो । ब्रिफिङ कार्यक्रममा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहितको सहभागिता थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्