Techie IT
बुधबार, कात्तिक २६,२०८३

सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)


काठमाडाैं, साउन ९ गते । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हाे । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सकाे जहाजमा सवार १८ जनाको मृत्यु भएको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

पाइलट मनिष शाक्यको भने केएमसी अस्पतालकाे आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार  कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।”

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरुकाे शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

सौर्य एयरलाइन्समा सवार व्यक्तिहरूको नामावली


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)


तपाईको कमेन्ट लेख्नुहोस्