अध्ययन गर्ने बानी बसालौं : प्रधानमन्त्री ओली
काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई किताब पढ्ने बानी बसाल्न अनुरोध गर्नुभएको छ । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको २०८० का श्रेष्ठ सूचिका पाँच पुस्तकप्रति प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले आफ्नो धेरै बानी परिवर्तन भए पनि युवादेखिको पढ्ने बानी भने परिवर्तन नभएको बताउनुभयो ।
उहाँले मदन पुरस्कार गुठीको श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई पनि दिनुभयो । ‘युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन्, तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत् छ, थोरै समय पाउँदा पनि पुस्तक पढ्छु । भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्वजनिक गरेको छ, यसमध्ये मुकाम रणमैदान मैले पढेको छु’ उहाँले भन्नुभयो, “अरू पढ्न बाँकी छ, श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई, पुस्तक पढ्ने बानी बसालौँ ।’
यस वर्ष मदन पुरस्कार गुठीले पाँच श्रेष्ठ पुस्तकको सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्ययन गर्ने बानी बसालौं : प्रधानमन्त्री ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्