बागमतीको मुख्यमन्त्रीमा लामाको नियुक्ति आजै, बुधबार शपथ
हेटौँडा, साउन ८ गते। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) लाई आजै मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरिनेभएको छ।
लामाले सरकार गठनका लागि मंगलबार दिउँसो दाबी पेस गरेसँगै आजै साँझ ५ बजेपछि लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्ति गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष दाबी पेस गरिएको हो।
मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस भएको हो।
बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेस गर्न दलहरुलाई मङ्गलबार साँझ ५ बजेसम्मका लागि समय दिइएको छ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमतीको मुख्यमन्त्रीमा लामाको नियुक्ति आजै, #बुधबार शपथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्