लोक दोहोरी गीत ‘दमौलीमा गेट” को रिमेक भर्सन बजारमा
काठमाण्डौ – नेपाली गीत सङ्गीत र कलाकारिता क्षेत्रमा परिचित नाम हो गायक तथा सर्जक राजेन्द्र कुमार कार्की ,गायक तथा सर्जक चन्द्र शर्मा र चर्चित गायक अमृत खाती एबम् प्रत्यक्ष लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी, सुनिता बागदास र सीमा थापाले ६० को दशकको लोकगीतको याद दिलाउने “दमौलीमा गेट” बोलको गीतलाई संयूक्त रुपमा सार्बजानिक गरेका छन्।
सुस्मा शाही ठकुरी अफिसियल युटुब मार्फत सार्बजनिक भएको उक्त गितको अडियो तर्फ लय राजेन्द्र कुमार कार्कीको रहेको छ भने शब्द सुस्मा शाही ठकुरी र राजेन्द्र कुमार कार्कीको रहेको छ।
उक्त गीतमा राजेन्द्र कुमार कार्की, अमृत खाती, चन्द्र शर्मा, सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको आवाज रहेको छ भने गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । सुमन रानाको रेकर्डिङ रहेको उक्त गीतलाई मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने लोमस शर्मा र जुना बिश्वकर्माको उक्त गीतमा अभिनय गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शृङ्गार स्वस्तिका श्रेष्ठ र भिडियो सम्पादन मनोज कार्कीको
रहेको छ।
६० को दशक तिरै निकै चर्चाको शिखरमा रहेको उक्त गीतमा अहिले पनि नयाँ पन, रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्