खेल पर्यटनका लागि खेलकुद मेला
म्याग्दी, साउन ६ गते । हिमालपारीको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलकुद मेला सुरु भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका –३, स्याङगाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला समेत सञ्चालन गरिएको हो । मुस्ताङमा बसोबास गर्ने थकाली समुदायले मनाउनेमध्येको महत्वपूर्ण खिल्हा पर्वलाई तिब्बती पात्रोअनुसार मनाइने गरिन्छ । तिब्बती पात्रोअनुसार मनाइने भए पनि हिमाली क्षेत्रमा स्थानीय भाषामा साउने मेलाका रुपमा लिने गरिन्छ ।
घरपझोङ गाउँपालिका –३ स्याङका वडा अध्यक्ष फलेन्द्रप्रसाद थकालीले हिमाली क्षेत्रमा भित्र्याउनु पर्ने बर्खेबाली थन्क्याएपछि खेतबारीमा अनाज छरेपछि खिल्हा पर्व मनाउने चलन रहेको बताउनुभयो । यो झण्डै चारसय वर्षभन्दा पहिलादेखि मनाउँदै आइएको धार्मिक तथा सांस्कृतिक प्रचलन रहेको पनि उहाँको भनाइ छ ।
उहाँका अनुसार पर्वको पहिलो दिन गाउँको १६ जना रोवा (मितज्यु) घोडा चढेर समुन्द्री सतहदेखि ४५ सय मिटर उचाइमा अवस्थित स्याङ गाउँभन्दा माथिको लेकमा रहेको चाङफुइ ओडारमा पुग्ने गर्छ ।
पर्वको पहिलो दिन चाङफुइ ओडार पुगेका १६ रोवाले श्रावण पूर्णिमाको तिथिमा त्यहाँ लामा राखेर विधिपूर्वक पूजाआजा गरी पुनः गाउँ फर्किन्छन् । चाङफुई ओडारमा पूजाआजा गरी १६ रोवागाउँ फर्किएपछि खिल्हा पर्वका अन्य गतिविधि सञ्चालन हुने वडाध्यक्ष थकालीको भनाइ छ ।
खिल्हा पर्व अवधिमा गाउँभित्र परम्परागत प्रचलनअनुसार याकनाच र जोगी नाचहरू देखाइने चलन रहेको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताउनुभयो ।
उहाँका अनुसार स्याउँगाउँको धार्मिक तथा सांस्कृतिक पर्व खिल्हा पर्वलाई गाउँले मिलेर पर्यटन प्रवर्धनलाई थप टेवा पुग्नेगरी यस पटक बृहत खेलकुद मेला सञ्चालन गरिएको बताउनुभयो ।
परम्परागत रूपमा गाउँले मात्र मिलेर मनाइने खिल्हा पर्वलाई यस पटक स्याउगाउँले विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस पटक खुल्ला भलिबल प्रतियोगिता, खुल्ला आर्चरी प्रतियोगिता, स्थानीय तारा खेल प्रतियोगिता, घोडा दौडलगायतका खेलकुदका गतिबिधि पनि समेटिएको थकालीको भनाइ छ ।
शनिबार साउन ५ गतेदेखि सुरु भएको खेलकुद गतिबिधि साउन ९ गतेसम्म सञ्चालन हुने जनकल्याण क्लब स्याङका अध्यक्ष सुमन थकालीको भनाइ छ । खेलकुद गतिबिधि अन्तर्गत निकै रोमाञ्चक मानिने घोडा दौडाउँदै खादा टिप्ने प्रतियोगिता पनि आकर्षक खेलका रुपमा समावेश गरिएको अध्यक्ष थकालीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खेल पर्यटनका लागि खेलकुद मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्