अतिक्रमित विद्यालयको जग्गा खाली गराउन नगरपालिकाले चलायो डोजर
बर्दिवास, साउन ४ गते । गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाती आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।
स्थानीय भोला सहनी, विन्दे सहनी र चन्दर सहनीले अवैधानिकरुपमा कब्जा गरेको जग्गा खाली गराउन पटक–पटक निर्देशन र आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर सुरक्षा परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
वडाध्यक्ष मनोजकुमार चौधरीकाअनुसार आधारभूत विद्यालयका १८ कठ्ठा जग्गा छ । सोही जग्गामध्ये करिव तीन कठ्ठामा उनीहरुले आफुखसी घर बनाएर बसोवास गर्दै आएका थिए । यी परिवारका कारण विद्यालयको भौतिक सुरक्षामा पनि समस्या आउन थालेपछि सामाजिक स्तरबाट समेत जग्गा खाली गराउन दबाब परेको थियो ।
नगरपालिकाले २८ लाख रुपियाँ सहयोगमा अहिले विद्यालयको कम्पाउण्ड लगाउने काम भइरहेको छ । अतिक्रमणका कारण कम्पाउण्डको काम निर्वाधरुपमा अघि बढन सकेको छैन ।
चौधरीले भन्नुभयो, ‘‘विद्यालय र समाजको आग्रहलाई सुनुवाइ नगरेपछि नगरपालिकाले ३५ दिने र ७ दिने सूचना जारी ग¥यो । त्यसको पनि अटेर गरेपछि बाध्य भएर सुरक्षा घेरामा डोजर चलाउनु परेको हो ।’’
अतिक्रमित जग्गा खाली गराउन ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो । सुरक्षा नेतृत्व गर्नुभएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानले घर गोठ हटाउने क्रममा कुनै प्रकारको अप्रिय घटना नघटेको बताउनुभयो ।
सहनी परिवारले आफ्नो नाममा जग्गा हुँदाहुँदै पनि विद्यालयको जग्गा अतिक्रमण गरेर घर बनाएदेखि विरोध हुँदै आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अतिक्रमित विद्यालयको जग्गा खाली गराउन नगरपालिकाले चलायो डोजर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्