Techie IT
बुधबार, कात्तिक २६,२०८३

न्युरोडको फुटपाथ विस्तार सुरु, स्थानीयबासी विरोधमा


काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिका– २२ मा पर्ने न्युरोड गेट देखि जुद्धशालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थनीयबासीले बिहीबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका छन् । अदालतको आदेशलाई समेत बेवास्ता गर्दै स्थानीयबासीले विरोध जनाएपछि प्रहरी प्रशासनले समेत सुरक्षा सतर्कता अघि बढाएको थियो । महानगरले भने अदालतको आदेश दिएकाले सडकको दुवै तर्फ ३ फिटको दरले पेटी विस्तार गर्ने कार्य अघि बढाएको जनाएको छ । यसका लागि महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #न्युरोडको फुटपाथ विस्तार सुरु, #स्थानीयबासी विरोधमा


तपाईको कमेन्ट लेख्नुहोस्