Techie IT
बुधबार, कात्तिक २६,२०८३

सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग


चितवन, साउन  ४ गते ।  भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च दुई लाख प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएकाे सुरक्षाकर्मीले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिमलताल पहिरोः विकका परिवारलाई दुई लाख सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्