Techie IT
बुधबार, कात्तिक २६,२०८३

कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा


भक्तपुर
श्रावण २, बुधबार ।

चाँगुनारायण नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबार हुन लागेको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको सम्पूर्णतयारी पुरा भएको छ ।

चाँगुनारायण नगर खेलकुद विकास समतिका अध्यक्ष रघु केसीका अनुसार पहिलो पटक चाँगुनारायण नगरपालिकामा आयोजना हुनलागेको नगर स्तरीय मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र शुक्रबार बिहान १० बजे देखि प्रतियोगिताका सम्पूर्ण गेमहरु संचालन हुने जानकारी दिए ।

अध्यक्ष केसीका अनुसार प्रतियोगितामा काभ्रे जिल्लाका बनेपा  नगरपालिका र पनौती नगरपालिका र यसैगरि भक्तपुर जिल्लाबाट आयोजक  चाँगुनारायण नगरपालिका कबड्डी टिमको सहभागिता रहने छ ।

प्रतियोगितको उद्घाटन शुक्रबार विहान ९ः०० बजे हुने छ भने उक्त प्रतियोगिताको समापन चाँगुनारायण नगरपालिका प्रमुख  जीवन खत्रीले गर्ने आयोजकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्