रेलमार्गको सर्वे टोली स्थानीय नियन्त्रणमा
चितवन, साउन २ गते । पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि सर्वे गर्न आएका प्राबिधिकको टोलीलाई चितवनका स्थानीयले नियन्त्रणमा लिएका छन् । भरतपुर महानगरको वडा ७ कृष्णपुर क्षेत्रमा एउटा गाडीको छतमा क्यामेरा राखेर सर्वे गर्दैगर्दा स्थानीयले नियन्त्रणमा लिएको स्थानीय घनश्याम दाहालले जानकारी दिनुभयो ।
पूर्वी नेपालबाट सर्वे र केही स्थानमा निर्माण हुँदैआएको रेलमार्गको भरतपुरको दक्षिण कृष्णपुर क्षेत्र हुँदै लिक जाने भएपछि केही महिनाअघि बिरोध जनाएका थिए । सो स्थानमा रेलमार्ग निर्माण गर्न नहुने, वैकल्पिक स्थानबाट लैजानु पर्ने भन्दै यसअघि माग राखेका थिए । सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित नियन्त्रणमा लिएको बताएका छन् ।
सर्वे गर्न आएको टोलीले रेलमार्गको गुगल म्याप सर्भे गर्नआएको स्थानीयलाई बताएको रेलमार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रेलमार्गको सर्वे टोली स्थानीय नियन्त्रणमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्