सिलिचोङ पहिरोमा घाईते भएकाको उर्जामन्त्री खड्काको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार
पहिरोमा एकै परिवारका दूईको मृत्यु
खाँदबारी– संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो सहितको ढुंगाले किचेर गम्भिर घाईते भएकी रविना राईको उर्जामन्त्री दिपक खड्काको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मंगलबार बिहान ५ बजे घरमाथिबाट झरेको पहिरो सहितको ढुंगाले गालेर राई गम्भिर घाईते भएकी थिईन् । घाइते भएको ९ घन्टा पछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार घटनास्थलबाट खाँदबारी ल्याउन पैदल मार्गबाट नसकिने भएपछि हेलिकप्टरबाट थप उपचारका लागि लगिएको हो ।
सुतिरहेको अवश्थामा एक्कासी घरमाथिबाट खसेको पहिरो सहितको ढुंगाले किचिएर मोतिमाया राई र बुहारी समिक्षा राईको घटनास्थलमै मृत्यु भएको थियो । मृतक समिक्षाको ४ बर्षे छोरी छिन् । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा बाहिर छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्