अबरुद्ध कर्णाली करिडोरको हुम्ला खण्डको खच्चामा सडक सञ्चालनमा
हुम्ला, साउन १ गते । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाडा गाउँपालिका–५ को खच्चाको सडक ११ दिनपछि सञ्चालनमा आएको छ ।
प्रहरी निरीक्षक नरेन्द्र चन्दले स्काभेटर चार दिन लगाएर पहिरो पन्छाउने कार्य गरेपछि सडक सुचार भएको जानकारी दिनुभयो । यस स्थानमा सुख्खा पहिरो खस्ने गर्छ ।
तीन सय क्षेत्रमा पहिरो खसेपछि कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट सामान ढुवानी भएका सवारी साधनहरु सडकमै रोकिएको थियो ।
सडक सुचारु भएसँगै खच्चामा रोकिएका ५० भन्दा बढी मालबहाक ट्रक सलीसल्ला हुँदै सर्केगार्ड पुगेका छन् ।
यसैगरी, सर्केगार्ड गाउँपालिका–४ को कालामुडामा गएको पहिरोका कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
गत शुक्रबार खार्पुनाथ गाउँपालिकाको सुनाखाडादेखि बोक्चे गौडासम्म सात स्थानमा पहिरो गएर सडक अबरुद्ध हुँदै आएको छ । यसको मर्मत कार्य भने हिल्सा सिमकोट सडक आयोजनाले गर्ने तयारी गरी रहेको आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।
वर्षाका कारण सिमकोट हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अबरुद्ध भएको थियो । अहिले सो स्थानमा काठेपुल निर्माण कार्य सुरु भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अबरुद्ध कर्णाली करिडोरको हुम्ला खण्डको खच्चामा सडक सञ्चालनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्