प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, असार २५ गते । सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरूको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी÷नगराई हानिनोक्सानी गराइएको छ ।
तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, आयोगका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी भुम्दी तारेभिरस्थित दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलविरुद्ध झुट्टा विवरण पेस गरी शिक्षकको नियुक्ति लिएको आरोप लागेको छ ।
पौडेलले २०४९ मङ्सिर १९ गते अस्थायी एवम् २०६० चैत २६ मा स्थायी दुवै नियुक्तिको समयमा जन्म मिति २०१३/०१/२७ भएको नागरिकता पेस गरेको तर शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको उमेरभन्दा सात वर्ष कम अर्थात् २०२० वैशाख २७ गते उल्लेख रहेको आयोगले जनाएको छ ।
२०८० वैशाख २६ गतेसम्म प्रावि तृतीय श्रेणीको स्थायी शिक्षकको रूपमा अध्यापन गरी २०७९ चैत मसान्तसम्मको तलबभत्तासहितको ओहोदा, लाभ तथा सरकारी सेवा, सुविधा समेत प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, धनुषाको गणेशमा चारथान नगरपालिका वडा नं. १० बरमझियाका राहत शिक्षक ब्रह्मदेव यादवविरुद्ध नक्कली अध्यापन अनुमति पत्रसम्बन्धी मुद्दा दायर भएको छ ।
आयोगका अनुसार यादवले २०६३ सालदेखि निमावि राहत शिक्षकको नक्कली स्थायी अध्यापक अनुमति पत्र पेस गरी नियुक्ति लिएका थिए ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्